(महेन्द्र सिंह)
बाँके । श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका दुई युवा नेपालगन्ज बिमानस्थलमा ४ किलो काँचो सुन र अढाई तोला गहनासहित पक्राउ परेका छन् । झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले काँचो सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत बरामद भएको बताए । पक्राउ परेका युवाहरुले आफूहरु सुन व्यवसायी भएको बताएका छन् । घटना बारे सुक्ष्म अध्ययन भइरहेको बाँके प्रहरीले जनाएको छ ।