२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

कपिलवस्तुका किसानलाई धान रोप्ने चटारो

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

राघबेन्द्र चौवे
(पकडी)कपिलवस्तु -०९

वर्षा सुरु भएसँगै कपिलवस्तु का ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् । समयमै मनसुन सुरु भए पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको मायादेवी गाउपालिका ६को नजिर अहमद मुसलमानले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्ष समयमै मनसुन सुरु भएको छ,किसानलाई धान रोपाईले भ्याई नभ्याई भा को छ, खाना खाने फुर्सद नै हुदैन् ।’
जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि बिकास कार्यालय कपिलवस्तुले जनाएको छ । कुल ७० हजार हेक्टरमा धान रोपाई गरिन्छ ।जसमा २०हजार हेक्टरमा मात्र सिँचाइ सुबिधाको व्यवस्था रहेको छ I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!