०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

पर्वतमा ब्रेक फेल हुंदा जीप दुर्घटना, ९ यात्रु घाइते

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

फलेवास (पर्वत) ६ असार – पर्वतको कुस्मा नगरपालिका–७ रोहोटेमा आज दिउँसो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग१ज ६०६५ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका वासिन्दा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कुस्मा– ३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जीपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका–३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]

  काठमाडौं । पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो । बढुवा भएका प्रहरी हवल्दारलाईलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।

चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार […]

error: Content is protected !!