०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

कोभिडको परीक्षण र उपचार नि:शुल्क गर्ने उच्च अदालत नेपालगन्जको आदेश

Logo
प्रकाशित शनिबार, बैशाख १८, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगन्ज उच्चअदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिडको विरामीको परीक्षण र उपचार निःशूल्क गर्ने व्यवस्था गर्न आदेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड– १९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन अदालतले आदेश दिएको हो ।

अदालतका वरिष्ठतम न्यायाधीश डा रत्न बहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको इजालसले उक्त आदेश दिएको हो। संविधान र कानूनद्धारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार सम्वन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दावी गर्दै एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता वसन्त गौतम, महिला कानून र बिकाश मञ्चका तर्फबाट अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ता लोक बहादुर शाह, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका बिश्वजित तिवारी, मानव अधिकार तथा शान्ती समाजका प्रभाकर भट्टराई र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति, बाँके, जिल्ला कोभिड—१९ संकट व्यवस्थापन संचालन केन्द्र बाँकेलाई बिपक्षी बनाई गत बैशाख १४ गते रिट दायर गर्नुभएको थियो ।

अन्तरिम आदेश सुनुवाईमा रिट निवेदकका साथै अधिवक्ता प्रह्लाद बहादुर कार्की, इश्वरी प्रसाल ज्ञवालीले बहस गर्नुभएको थियो भने बिपक्षी जिल्ला प्रशासन कार्यालका तर्फबाट सहन्यायाधीवक्ता देशवराज भारतीले बहस गर्नुभएको थियो ।

अदालतले जारी गरेको आदेश
१.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड– १९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउनू ।
२.भारतीय सिमानाका जमुनाह नजिकैको पायक पर्ने स्थानमा कम्तिमा एक हजार क्षमताको होल्डिङ सेन्टरको यथाशक्य छिटो निर्माण गर्ने प्रबन्ध गर्नु गराउनू ।
३.भारतीय सिमानाका जमुनाह लगायतबाट नेपालतर्फ प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउनुका साथै कोभिड– १९ को चिन्ह वा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएको व्यक्तिको हकमा समेत एऋच् परीक्षण गर्ने व्यवस्था मिलाई एन्टिजेन वा एऋच् परीक्षणबाट पहिचान भएका सङ्क्रमित व्यक्तिसँग निकट सम्पर्कमा आएका व्यक्तिकोसमेत पहिचान गरी एन्टिजेन परीक्षण गर्ने, त्यसो गर्दा नतिजा पोजेटिभ आएका सङ्क्रमित व्यक्तिलाई अस्पताल वा आइसोलेशन केन्द्र वा होल्डिङ सेन्टरमा सुरक्षित रुपमा पठाउन सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्ने गराउने र संक्रमणको शंका नभएका व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तिमा १० दिन क्वारेन्टाइनमा राख्नस लगाउनका लागि आवश्यमक व्यवस्थापन गर्नु गराउनू ।
४.कोभिड– १९ को उपचारको सन्दर्भमा अस्पताल व्यवस्थापन ९प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत०, रेफरल, एयरलिफ्ट र एम्बुलेन्स समेतका लागि आवश्यथक व्यवस्था मिलाउनू।
५. होमक्वारेन्टाइन र होमआइसोलेशनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यटक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पुर्याशउने काममा सहजिकरण गर्नु गराउनू ।
६.हाल बाँके जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड– १९ को संक्रमण भयावह भइरहेको सन्दर्भमा तत्काल आवश्यमकता अनुसार स्थानीय तह र कारागार तथा वाल सुधारगृह समेतबाट स्वाब संकलन गर्नका लागि व्यवस्था मिलाउनू ।
७.बाँके जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड– १९ को संक्रमण व्यापक रुपमा फैलिरहेको यस अवस्थामा कोभिड– १९ को चिन्ह तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा नेगेटिभ आएका व्यक्तिहरुको एऋच् परीक्षण शिघ्र गर्ने व्यवस्था मिलाउनुका साथै पोजेटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गरी एन्टिजेन परीक्षण गर्नु गराउनू।
८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८।०१।०६ को आदेशबमोजिम आवश्यउक संयन्त्र निर्माण परिचालन भए नभएको, स्वास्थ्य सेवा, एम्बुलेन्स, सववाहन, ढुवानी लगायतका अन्य अत्यावश्यिक व्यवस्था गरे नगरेको अनुगमन गरी सो कार्यमा आवश्यसक सहयोग र सहजिकरण गर्नु गराउनू ।
९.क्वारेन्टाइन, आइसोलेशन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायत अत्यावश्यक सामाग्री खरिद तथा जनशक्ती परिचालनको लागि आवश्यमक व्यवस्था मिलाउन समन्वगय गर्नु गराउनू।
१०. कोभिड– १९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो र दोश्रो खोप नलगाएका सर्वसाधारण नागरिकहरुलाई यथाशक्य छिटो खोप लगाउने प्रयोजनका लागि नेपाल सरकार र प्रदेश सरकारसँग आवश्यथक समन्वय गरी सर्वसाधारणले खोप लगाउन पाउनेतर्फ प्रयास र पहलकदमी गर्नू ।
११.निषेधाज्ञा लागू भएको अवधिमा सर्वसाधारण नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन र बजारमा सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यवस्तु सहजै प्राप्त गर्नेतर्फ सचेत रही सो सम्बन्धमा अनुगमनको कार्यलाई निरन्तरता दिई गुणस्तरयुक्त खाद्यवस्तुको अभाव हुन नदिनेतर्फ आवश्यअक पहल कदमी गर्नु गराउनू ।
१२.कोभिड– १९ बाट संक्रमित नभएका अन्य रोगीहरु, नियमित औषधी सेवन गर्दै आइरहेका दिर्घरोगी, गर्भवती महिला, ज्येष्ठ नागरिक, वालवालिकासमेतको आकस्मिक तथा नियमित औषधी उपचारको लागि व्यवस्थापन गर्ने र निजहरु नयाँ भेरिएन्ट सहितको कोभिड– १९ संक्रमणको दोश्रो लहरबाट संक्रमित भएको अवस्थामा निजहरुलाई प्राथमिकता दिई अस्पतालम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे ९१२१९ जिएमटी० एक मिटर ९तीन फिट० सम्मको सुनामी छाल आउनसक्ने बताएको […]

काठमाडौं । उपत्यकामा सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भएपनि भूकम्पको तीव्रता र केन्द्रविन्दु भने खुल्न सकेको छैन । यसअघि गत पुस २२ गते चीनको तिब्बतको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पले नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीका […]

काठमाडौँ । जनपद समूहतर्फका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा एक जना प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले केही दिन अघि बढुवा भएर पदस्थापन गरिएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

error: Content is protected !!