(ABC-Sanchar)
काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रित हुनेछ ।
आइतबार मात्रै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न सिफारिस गरेको छ । सीसीएमसीले लकडाउन नभए निषेधाज्ञा हुनुपर्नेमा जोड दिएको थियो।