(सर्मिला बोगटी)
कैलाली । सशस्त्र प्रहरीले करिब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर ९ पुरानो भन्सार र कालाकुण्डा ईलाकाबाट १ लाख ४६ हजार ६ सय ५५ मूल्य बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
बरामद गरिएका प्लाष्टिक झोला, सुर्ती, ईलेक्ट्रोनिक सामानहरु र उक्त सामान ल्याउन प्रयोग गरिएको एउटा मोटरसाईकल आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको हेडक्वाटरले बताएको छ।