(सागर थापा) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन । उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा स्थानीय जनताहरुको घर दैलोमा पुगेर मनो भावना अनुसार आफूले काम गर्न तयार रहेको बताए । आफू मिडियामैत्री प्रहरी अफिसर भएकाले चौबिसै घण्टा जिल्लाको शान्ति सुरक्षाको विषयमा पत्रकारहरुले सम्पर्क गर्न सक्ने एसपी कार्कीले बताए । जिल्लामा अब सीमा अपराधको अन्त्य, लागूऔषध ओसा…