ABC Sanchar
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन।
उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन्।
निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए।
काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ।
राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ।
चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
उनले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताए।
यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आएका छन।
दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश जान लागेकी हुन।
राष्ट्रपटिसहित सरकारी प्रतिनिधिमण्डलमा राष्ट्रपति पुत्री उषाकिरण, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकाल, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी रहेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल,राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला प्रतिनिधिमण्डलमा रहनेछन्।
२७ सदस्यीय प्रतिनिधिमण्डलमा ढाकास्थित नेपाली राजदूत डा। वंशीधर मिश्र सहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुने बताइएकोछ । यसका साथै सांस्कृति संस्थानले २० जना कलाकारको टोली समेत पठाउने कार्यक्रम तय भएको छ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम तय भएको छ । बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक सातासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ।
उक्त कार्यक्रममा भण्डारीले नेपाल९बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणका क्रममा विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ ।रासस