(सागर थापा) बाँके । नेपाल र भारत सिमा जोडीएको बाँकेको सिमानाका जमुनाहा भन्सार भएर नेपाल तिर दैनिक करोडौँ रुपैयाँ बराबरको सामानहरु आयात हुन्छ ।
करीब ५६ किलोमीटर खुला सिमाना रहेको बाँकेको यो सिमाबाट नेपाल भारतका बिचमा वार्षिक अरबौँ रुपैया बराबरको कारोबार हुँदै अाइरहेको छ । लकडाउनका कारण थलथलिएको यो नाका केही समययता फेरी खुलेको छ । सिमानाका खुलेपनी नेपालीहरुलाई भारतजाँदा हेयको दृष्टिकोणले हेरिने तथा भारतीय प्रहरीले हेप्ने गरेको यहाँँका स्थानियहरुको गुनासो छ । उनिहरुका अनुसार भारतीय नागरिकहरु नेपाल आउँदा जुन सहजताका साथ आउँछन त्यस्तै सहजताका साथ नेपालीहरु स्थानिय भारतीय बजार रुपैडिया जान कठिन् रहेको छ । नरहेको उनिहरुको बुझाई छ । भारतीय नागरिकहरु सहजै नेपालतिर सवारीसाधन लिएर आउनपाउँछन भने नेपालीहरुले आफ्नो सवारीसाधन भारत लिएर जान नपाउने नियम हाल भारतीय पक्षले लगाएको छ । भारतीय पक्षले नेपालीहरुलाई हेप्ने गरेको स्थानियहरुको गुनासो छ भने आफुहरुलेपनी भारत तिर सवारीसाधन लिएर जान पाउनु वा भारतीयहरुलाईपनी नेपालतिर आउँदा सवारीसाधन्मा रोक लगाउनुपार्ने उनिहरुको माग छ ।