ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रहरीले सचेतना फैलाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरले सवारी साधनमा सचेतनामुलक स्टिकर टाँसेका छन् ।
तुलसीपुर बसपार्कमा रहेका सबै सवारी साधनमा त्यस्ता स्टिकर टाँस गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । जसमा तीन सय बढिले सहभागिता जनाएका थिए ।
लैंगिक हिंसा कम गर्नकालागि प्रहरीले यस्तो अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालय दाङले सामाजिक अभियानलाई तिब्रता दिएको छ ।