३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

चितवनमा कुखुराको मूल्य प्रतिकिलो रु ९० किसानलाई घाटा

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

राकेश श्रेष्ठ
चितवन ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ।
उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो।
नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रु ११० हाराहारीमा बिक्री हुने गरेको छ। जसको लागत मूल्य प्रतिकिलो रु २०५ रहेको उनको भनाइ छ। कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रु ९० मा बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन्।
तयारी मासु प्रतिकिलो रु १७५ मा समेत बिक्री हुने गरेको छ। चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ। धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गरेका हुन्।
पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रबार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताए।
देशभर एक सयदेखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन्। अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रु ६५ तिरेका थिए। सरदर प्रतिकिलो रु ३० को दाना खुवाएको उहाँले जानकारी दिए।
नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताए। उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ। उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले बताए।
पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ।
बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए। होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउँछन्।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए।
यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।
पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।
कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा रु ६५ बाट घटेर रु २० देखि ३० मा बिक्री हुने गरेको उनले जानकारी दिए।
भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउछन् ।
नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रु २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।
पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ।
रु २१ प्रतिकिलोको मकै रु २८ र रु ६० को भटमास रु ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ।
नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पुर्याउँदै आएको छ। यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन्।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षा,लागुऔषध नियन्त्रमा, सरसफाई ,बिपद व्यवस्थापन,राजश्व बृद्बि एवं अपराधिक क्रियाकलापहरुलाई न्यूनिकरण गरी समाज सुधारका निमित्त यस कार्यालयबाट निरन्तर प्रतिबद्ध रही, सक्रिय भूमिका निर्वाह गर्दै राप्ती गाउँपालिकाको समृद्बिमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गाउँपालिकाको नबौँ स्थापना दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीलाई प्रशंसा-पत्र प्रदान सहित सम्मान […]

काठमाडौं । नेपाल प्रहरीका आईजिपी वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। उनीसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई पनि सेवा निवृत्त हुँदैछन्। कुँवरसहित अवकाशमा जाने अधिकृतहरू २०५१ साल चैत ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। बाँकी रहने तीन जना एआईजी दीपक […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको जानकारी दिइन् ।

error: Content is protected !!