११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

काठमाडौं कोटेश्वरका १९ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड १९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । रातोपाटीबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरिएको छ । चालक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी […]

लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्की जिल्ला प्रहरी दाङको निरीक्षण तथा निर्देशन दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा रहेको कार्यरत प्रहरी ईकाइहरुका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय […]

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी […]

error: Content is protected !!