सागर थापा
काठमाडौं नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुवेर कडायत नियुक्त भएका छन् ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको काठमाडौं प्रहरी प्रधान कार्यलयले बुधबार जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सिधै सम्पर्क गर्न सकिने छ ।