३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

७५ हजार नक्कली भारतीय रुपैयाँ सहित दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २९, २०७७

एबिसी क्राईमबिट
झापामा ७५ हजार बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ भने पाँचसय भारु नोटसहित दुई जना पक्राउ परेका छन् । एक जना कनकाई नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी र अर्का एक जना नेपाल भारत सीमा क्षेत्रका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई खोटा चलनसम्बन्धी कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिले डेढ लाख नक्कली रुपैयाँ नोट रहेको बताएका छन् । सुन व्यवसायी मौसमा श्रेष्ठले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलीसकेको छैन । श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरव्यजी पनि रहेको प्रहरीले जानकारी दिएको छ ।
यस अघि काठमाडौंमा ७ करोड नक्कली भारतीय नोटसहित २०७६ जेठ १० मा युनिस अन्सारी पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहन सक्छ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मिथुन -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। कर्कट -मानसिक तनाव कम हुनेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ। यात्रामा जान सकिने […]

error: Content is protected !!