०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने नियम लागू

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार
काठमाडौं अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।
यद्यपि, एक व्यक्तिले फरक-फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।
एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।
नेपाल टेलिकमको हकमा भने सिडिएमएको थप एक सिम कार्ड राख्न पाउने व्यवस्था भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । विश्व चर्चित भिडियो अमेजन प्राइमले सार्वजनिक गरेको नेपाली नयाँ चलचित्र नेपाली माध्यमहरुमा पनि सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओस्कार डिजिटल प्रविधिको प्रयोग गरेर हालसालै सार्वजनिक गरिएको साे चलचित्रमा शेट्टी नाममा भिलेनकाे भूमिका निर्वाह गरेका प्रवेश महतारा क्षेत्रीले बताएका छन् ।चलचित्रको नाम अंग्रेजीमा अ प्लेस अण्डर द सन भए तापनि परिदृष्यमा चलचित्रकाे […]

दाङ । तुल्सीपुर मेष राशि – आज दिन मध्यम फलदायि रहनेछ ।शारिरिक स्फुर्तिमा कमि आउनाले कार्य सम्पादनमा ढिला सुस्ति होला ।मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । आत्मबल बलियो बनाई कार्य गर्दा शुभफल प्राप्त हुनेछ। बृष राशि – राजनैतिक कार्यमा सफलता मिल्नेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक […]

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रूपमै दर्ता हुन टिकटकले इमेल गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

error: Content is protected !!