२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

लकडाउन साउन ७ सम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार काठमाडौं सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ ।
यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
अहिले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
तर, सपिङ मल, जिमखाना, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको एक मन्त्रीले वताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!