(एबिसी संचार)
रुपन्देही गैडहवा गाउँपालिका-१ साडी बस्ने कृष्ण लाल रैदासकी छोरी १२ वर्षीया राधिका रैदास र सोही ठाउँ बस्ने नन्दलाल रैदासकी छोरी ६ वर्षीया सुमन रैदासको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर मृत्यु भएको छ ।
घरदेखि करिब २ सय मिटर टाढा रहेको सार्वजनिक माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताइएको छ ।