(एबिसी संचार)
मापदण्ड २०७६ ले भन्छ घनाबस्तीबाट छुट्टै, आधारभूत आवश्यकताको उपलब्धता नेपालमा पनि कोराना संक्रमितको संख्या बढ्दै गर्दा थप क्वारेन्टाइनहरु निर्माणको आवश्यकता देखिएको छ । स्थानीय सरकारहरु धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । खासगरी भारतमा रेल र बस चल्न थालेपछि त्यहाँ कार्यरत थुप्रै नेपालीहरु हतारिएर घर फर्कन खोजेका सूचनाहरु राज्यलाई आइरहँदा क्वारेन्टाइन थप्ने कामलाई युद्धस्तरमा अगाडि बढाउने प्रयास भइरहेको छ ।
तर, उनीहरुसहित अन्य शंकास्पदलाई राख्ने क्वारेन्टाइनहरु निर्माण गर्दा त्यसको निश्चित मापदण्डको पालना गर्नेतर्फ भने उदासीनता देखिएको छ । नेपालगञ्जमा क्वारेन्टाइनमा एक संक्रमितको मृत्यु भएको घटनाले क्वारेन्टाइनको मापदण्ड र व्यवस्थापकीय अबस्थाका बारेमा सबैलाई चिन्तित गराएको छ । सरकारले क्वारेन्टाइन मापदण्ड बनाए पनि बनेका र बन्दै गरेका क्वारेन्टाइनमध्ये अधिकांशले त्यो मापदण्डको पूर्ण बेवास्था गरेको बिभिन्न संस्थाहरुले गरेको अनुगमनपछिको प्रतिवेदनले देखाएको छ । दाङका अधिकारको क्षेत्रमा काम गर्ने पाँचवटा संस्थाको संयुक्त अनुगमनपछि जारी प्रतिबेदनमा भनिएको थियो– ‘सबै क्वारेन्टाइनमा रहेका मानिसहरुको लागि मौसम अनुकूलको ओड्ने, ओछ्याउने, सरसफाइको लागि आवश्यक शौचालय, पानी, औषधि र खाद्यान्नको उचित प्रबन्ध गरी क्वारेन्टाइनहरुको भरपर्दो व्यवस्थापन गर्न/गराउन आग्रह गर्दछौं ।’ जिल्ला समन्वय समितिले गरेको अनुगमनमा पनि जिल्लाका क्वारेन्टाइनहरु मापदण्डअनुसार नभएको पाइएको समिति स्रोतले जनाएको छ । जिल्ला समन्वय समितिको संयोजक क्वारेन्टाइन सञ्चालन तथा व्यबस्थापनका लागि निर्मित सल्लाहकार समूहको संयोजक रहने व्यबस्था छ । बेञ्ज जोडेर तन्ना राखेर बेडहरु बनाइएका छन् भने पिउने पानीको समेत सहज उपलब्धता नभएको गुनासाहरु पनि आइरहेका छन् । घोराहीको १४ नम्बर वडामा त अन्य निजी घरहरुसँग सटेको कल्पु धर्मशालालाई क्वारेन्टाइन बनाउने प्रयास भएको थियो । हाल त्यसको स्थानीयले बिरोध गरेका छन् ।
सरकारले ‘कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ तयार गरेर सबै तहका सरकारलाई उपलब्ध गराइसकेको छ । सो निर्देशिकाको प्रस्तावनामै ‘कोरोना संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता र समाज दुवैलाई सुरक्षित राख्न’ यो मापदण्ड तयार गरिएको उल्लेख छ । १४ देखि १६ दिन सुरक्षित र सुव्यवस्थितरुपमा राख्नका लागि आधारभूत व्यवस्था गर्नैपर्ने हुन्छ ।
सो मादण्ड कार्यविधिमा ७ बुँदामा सबै तहका सरकारले बनाउने क्वारेन्टाइनको मापदण्ड उल्लेख छ र त्यो पालना गर्नुपर्ने उल्लेख छ ।
१ सम्भव भएसम्म घना बस्तीबाट छुट्टै (टाढा) रहेको
२ सञ्चार, स्वास्थ्य, सडक, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको
३ सम्भव भएसम्म सय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको
४ तयारी अवस्थामा रहेको भौतिक पूर्वाधारलाई प्राथमिकता दिने
५ सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु (जस्तै होस्टेल, तालिम केन्द्र, होटेल, शैक्षिक संस्था, सरकारी संरचना) क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने
६ त्यस्ता संरचना उपलब्ध नभएमा खुल्ला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने
७ गर्भवती महिला, दश बर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्राथमिकता दिई अलग्गै क्वारेन्टाइनको व्यवस्था गर्ने ।
उल्लेखित मापदण्डका आधारमा बनाइने क्वारेन्टाइनका लागि आधारभूत भौतिक पूर्वाधारकोे मापदण्ड पनि तोकिएको छ । ९ बुँदे पूर्वाधारहरु यस्तो रहनुपर्ने भनिएको छ ।
१ क्वारेन्टाइनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन वा ब्लक रहेको
२ बन्दोबस्तीका कार्यमा खटिएका व्यक्ति तथा सुरक्षा टोलीलाई बसोबासको लागि बाहिरी घेरामा स्थान वा संरचना उपलब्ध भएको
३ सम्भव भएसम्म शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम् तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको
४ विद्युत, पानीलगायतका आधारभूत सेवाको उपलब्धता
५ न्यूनतम टेलिफोन सेवाको व्यवस्था
६ सम्भावित विपद् तथा आगलागीबाट सुरक्षित
७ कोठाको व्यवस्थापन (प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीच न्यूनतम् दूरी ३.५ फिट हुनुपर्ने), ओढ्ने, ओछ्याउन र आवश्यकतानुसार झुलसहितको खाट, Personal Hygiene Kits/Dignity kits फोहोर फाल्ने डस्टविन
८ नियमित सरसफाई भएको हुनुपर्ने
९ उपलब्ध भए मनोपरामर्श तथा सकारात्मक सोचसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने
त्यसैगरी क्वारेन्टाइनहरुमा MPH/MD Community Medicine गरेको स्वास्थ्यकर्मीबाट प्रत्येक ८ घण्टाको सिफ्ट रहने गरी व्यवस्था भएको हुनुपर्ने पनि क्वारेन्टाइन मापदण्डमा उल्लेख छ । त्यसैगरी मेडिकल अधिकृत, स्वास्थ्य परिचारिकता, प्यारामेडिक एक÷एक जना हुनुपर्ने, आवश्यकता अनुसार ल्याव टेक्निसियन, फर्मासिष्टको पनि व्यबस्था गरिनुपर्ने भनिएको छ । त्यसैगरी एम्बुलेन्स र एम्बुलेन्स चालक २४सै घण्टा उपलब्ध गराउनुपर्ने पनि सो मापदण्डमा उल्लेख छ । फोहर व्यवस्थापनका लागि पनि सफाई सुपरिबेक्षक र सरसफाई गर्ने पाँचजना कर्मचारीको व्यवस्था गर्ने पनि मापदण्डमा उल्लेख छ ।
त्यसैगरी त्यहाँ बस्नेहरुको स्वस्थ खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने र बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीहरुलाई आवश्यकताअनुसारको खानाको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । त्यसैगरी मापदण्डको अनुसूचिमा क्वारेन्टाइनमा रहनेहरुको खानाको समय तालिका पनि उल्लेख गरिएको छ । जसअनुसार बिहान साढे ७ देखि ८ बजेसम्मको समय चिया खाजाको तोकिएको छ । त्यसैगरी साढे ११ बजेदेखि १२ बजेसम्म दिवा खाना, छ । गौरक्षबाट