०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

नेपाल प्रहरीका ३५ SSP को सरुवा तथा पदस्थापन कास्कीमा : केसी

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीले ३५ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। बिहिबार साझ प्रहरी प्रधान कार्यालयले सुचना जारी गर्दै पुराना र नवनियूक्त एसएसपीहरुको सरुवा तथा पदस्थापन गरेको जानकारी दिएको हो।
मुख्यालयले १६ जना एसएपीहरुको सरुवा गरेको छ भने १९ जनाको पदस्थापन गरेको छ। एसएसपी दिपक थापालाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ। महाशाखामा कार्यरत सहकुल बहादुर थापा डिआईजीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालय नक्सालाई कार्यरत दिपक थापालाई महाशाखा पठाइएको हो।
यसैगरी महानगरिय प्रहरी परिसर टेकुमा श्यमलाल ज्ञवालीलाई सरुवा गरिएको छ। त्यहा कार्यरत उत्तमराज सुवेदीको पनि बढुवा भएपछि परिसर रिक्त थियो। यस्तै लागुऔषध नियन्त्रण व्यूरोमा दिलिप कुमार चौधरीलाई पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

  काठमाडौं । नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने […]

  कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध […]

error: Content is protected !!