ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो । उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।